संसद् पुन: स्थापनामा एकजुट हुने एमालेको निर्णय, अदालत जाने तयारी
संसद् पुन: स्थापनामा एकजुट हुने एमालेको निर्णय, अदालत जाने तयारी
काठमाडौं । नेकपा एमालेले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै अदालत जाने निर्णय गरेको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले अदालत खुलेपछि पुन:स्थापनाको मागसहित मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार वर्तमान सरकार असंवैधानिक ढंगले बनेको र चुनावका लागि कुनै तयारी नभएकोले समाधानको बाटो संसद् पुन:स्थापनाबाट खोजिनु पर्नेमा एमाले स्पष्ट छ ।
पार्टी नेतृत्वबारे आन्तरिक छलफल भएको स्वीकार गर्दै उनले अध्यक्ष ओलीको राजीनामा मागसम्बन्धी चर्चा मिडियाले उडाउन खोजेको आरोप लगाए ।
‘छलफल जीवन्त भयो, मतभेद होइन, महाधिवेशनमा जाने साझा निष्कर्ष बनेको छ’, उनले भने,‘अहिलेका गतिविधि चुनाव लक्षित छैनन्, यो स्पष्ट रूपमा असंवैधानिक विघटन हो ।त्यसैले संसद् पुन:स्थापनाका लागि हामी अदालत जानेछौं ।’













