जेनजी आन्दोलनपछि भागेका धेरै कैदीबन्दी अझै फरार, साढे ६ हजारको नामावली सार्वजनिक (सूचीसहित)
जेनजी आन्दोलनपछि भागेका धेरै कैदीबन्दी अझै फरार, साढे ६ हजारको नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं । गत भदौ २३ र २४ को आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट फरार भएका ६ हजार ५१६ भन्दा बढी कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ ।
त्यसमध्ये ५ हजार ८६८ नेपाली, ५४० भारतीय र १०८ अन्य विदेशी रहेको विभागले जनाएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय अनुसार सम्बन्धित निकायहरूलाई सक्रिय भएर खोजी र नियन्त्रणमा सहयोग गर्न निर्देशन दिएको छ ।
अहिलेसम्म ९ हजार ८ जना फरार बन्दी फिर्ता भइसकेका छन् भने ५ हजार ५ सयभन्दा बढी अझै कारागार बाहिर छन् । फरार कैदीबन्दीको विवरण कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयको वेबसाइटमार्फत समेत सार्वजनिक गरिएको छ ।
गृहले फरार बन्दी खोजी तथा पक्राउ कार्यदललाई अझ सशक्त बनाउँदै नियमित रूपमा खोजी अभियान चलाउने योजना बनाएको छ । यसबाट सेवा प्रवाह गर्ने कार्यालयहरूमा पनि फरार कैदीबन्दीका विवरण उपलब्ध गराई सेवाग्राहीको आवागमनमा सतर्कता अपनाउने व्यवस्था गरिएको छ । सरकारले फरार कैदीबन्दी पक्राउमा सहयोग गर्न आग्रह गरेको छ ।
नामावली













