११ श्रावण २०८३, सोमबार

जेनजी आन्दोलनका क्रममा हराएका ८ प्रकारका रसिद रद्द

जेनजी आन्दोलनका क्रममा हराएका ८ प्रकारका रसिद रद्द



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले जेनजी आन्दोलनका क्रममा हराएका विभिन्न ८ प्रकारका रसिदहरू रद्द गरेको छ ।
तोडफोड र आगजनीबीच हराएका ती रसिदहरू अब प्रयोगमा नआउने कोषले जनाएको छ ।

कोषले सूचना जारी गर्दै नगदी, चन्दा, पर्यटक, किरियापुत्री भर्पाई, वनकाली उद्यान प्रवेश, घाट सेवा दाउरा स्लिप, घाट सेवा नगदी र पूजा आम्दानीजस्ता रसिदहरू रद्द गरिएको स्पष्ट पारेको छ । रद्द गरिएका रसिदहरूको दुरुपयोग हुन नदिन कोषले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।