एक दर्जन उद्योग र फर्महरु कारबाहीमा, ५ हजारदेखि १ लाखसम्म जरिवना (सूचीसहित)
एक दर्जन उद्योग र फर्महरु कारबाहीमा, ५ हजारदेखि १ लाखसम्म जरिवना (सूचीसहित)
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले एक दर्जन उद्योग तथा फर्महरुलाई कारवाही गरेको छ ।
विभागले आइतबार अनुगनका क्रममा १२ वटा उद्योग, फर्महरुलाई कारवाही गरेको हो । उपभोत्ता संरक्षण ऐन, २०७५ तथा उपभोत्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारवाही गरिएको विभागले जनाएको छ ।
अनुमगन तथा निरिक्षणका क्रममा के.के. मेटल स्टोर काठमाडौं महानगरपालिका–१३ लाई १ लाख जरिवना गराएको छ ।
यस्तै, श्रद्धा भाँडा पसललाई ५० हजार, प्रकाश वानिया भाँडा पसललाई ५० हजार, बानिया बन्धु भाँडा पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
यता, अग्नि हस्तकला उद्योग, जल्पा सुपर मार्केट र डब्लु एस ड्राइ फुड्सलाई जनही २०–२० हजार रुपैयाँ जरिवना गरिएको छ । विभागका अनुसार लगन ताम्राका शपिङ सेन्टर ललितपुर, वानिया किचन क्राफ्ट र माँ भवना खाद्य किराना स्टोरलाई पनि जनही १०–१० हजार रुपैयाँ कारबाही गरिएको छ ।
यस्तै, विकास जनरल इम्पेक्स र जय भोले नाथ स्टोरलाई पनि ५–५ हजार रुपैयाँ जरिवना गरिएको विभागले जनाएको छ ।














