जेनजी आन्दोलनमा जलेका कागजातहरू अनलाइनबाटै प्राप्त गर्न सकिने, सवारी चलाउन २४ घण्टे पुर्जी
जेनजी आन्दोलनमा जलेका कागजातहरू अनलाइनबाटै प्राप्त गर्न सकिने, सवारी चलाउन २४ घण्टे पुर्जी
काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारी कागजातहरू अब अनलाइनमार्फत पुन: प्राप्त गर्न सकिने भएको छ ।
आगजनीका कारण सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरण लगायतका कागजात नष्ट भएपछि, सेवा लिन प्रहरी कार्यालय धाउनु नपर्ने व्यवस्था मिलाइएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कार्यालयको वेबसाइटमा रहेको ‘कागजात हराएमा’ विकल्पमा क्लिक गरी फारम भरेपछि अनलाइन आवेदन नम्बर प्राप्त हुन्छ । त्यसपछि क्युआर कोडसहितको सिफारिस पत्र डाउनलोड गर्न सकिनेछ, जुन लिएर सम्बन्धित यातायात कार्यालयमा जानुपर्छ ।
यस प्रणालीले सेवाग्राहीको समय बचत हुनुका साथै ट्राफिक कार्यालयमा पर्ने कामको चाप पनि घटाउनेछ । त्यस्तै, पहिले नै काटिएको २४ घण्टे पुर्जी वा अन्य प्रमाणका आधारमा हाललाई सवारी सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ ।













