११ श्रावण २०८३, सोमबार

२५ करोडसहित पक्राउ परेका लामा १ महिना बित्दा पनि फरार

२५ करोडसहित पक्राउ परेका लामा १ महिना बित्दा पनि फरार



काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँ भन्दा बढी रकमसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा जेलबाट फरार भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ‘फुच्चे’ भनिने लामा गत भदौ २४ गते राती सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) बाट भागेका हुन् ।

एक महिना बित्दा पनि उनी पक्राउ परेका छैनन् । २०७८ साल चैत ४ गते टोखाबाट प्रहरीले लामा चलाएको ट्रकबाट १३ लाख ७५ हजार यूरो र ३ लाख २० हजार डलर बरामद गरेको थियो । जसको मूल्य तत्कालीन विनिमय दर अनुसार २५ करोड रुपैयाँभन्दा बढी थियो ।