७ श्रावण २०८३, बिहिबार

पुँजी बजार सुधारको चरणमा, लगानीकर्तालाई संयमित रहन एसबानको आग्रह



काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) ले हालको अस्थिर अवस्थामा पनि नेपालको पुँजी बजार दीर्घकालीन रूपमा दिगो र सम्भावनायुक्त रहेको बताउँदै लगानीकर्तालाई उच्च मनोबलका साथ संयमित कारोबार गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष सागर ढकालका अनुसार नेप्से परिसूचक न्यून विन्दुमा पुगेको बेला सरकारले पुँजी बजार सुधारका लागि ठोस प्रयास गरिरहेको छ । नयाँ सरकार गठनपछि सुधार सुझाव समिति गठन, राष्ट्र बैंक र धितोपत्र बोर्डमार्फत आवश्यक कदम चालिएको उनले बताए ।

उनका अनुसार युवा आन्दोलन, राजनीतिक अस्थिरता र हालको आर्थिक उतारचढावका बाबजुद पनि देशको आर्थिक सूचकहरू सकारात्मक देखिएको र बजारमा सुधार आउनुको विकल्प नरहेको छ ।

‘अहिलेको सरकारले बजार सुधारका लागि आवश्यक नीति लिएको छ, हामी पनि निरन्तर दबाब दिइरहेका छौं’ अध्यक्ष ढकालले भने,‘त्यसैले लगानीकर्ताले हतार नगरी सोचेर, संयमतापूर्वक सेयर कारोबार गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्