मधेशकी शिक्षामन्त्री रानी शर्माको राजीनामा
जनकपुरधाम । मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र बुझाएर राजीनामा घोषणा गरेकी हुन् ।
शर्मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट मन्त्री बनेकी थिइन् । मुख्यमन्त्री सिंहले प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा शर्माले राजीनामा दिएकी हुन्।














