११ श्रावण २०८३, सोमबार

वीरगञ्जमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण हुने

वीरगञ्जमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण हुने



काठमाडौं । वीरगञ्ज महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो बनाउन करिब चार करोडको निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गर्न लागेको छ ।

महानगर, सूर्या नेपाल प्रालि र जिरो वेस्ट इनिसिएटिभ नेपालबीच भएको सम्झौता अनुसार डम्पिङ साइटमै प्लान्ट निर्माण भई पछि महानगरलाई हस्तान्तरण गरिनेछ ।

प्लान्टमार्फत प्लास्टिक छुट्याएर पुन:प्रयोग गरिनेछ भने जैविक फोहोरबाट मल उत्पादन गरिनेछ । महानगर प्रमुख राजेशमान सिंहका अनुसार यो परियोजनाले फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने दिशामा महत्त्वपूर्ण पाइला हुनेछ ।