११ श्रावण २०८३, सोमबार

वायुसेवा निगमले भन्यो,‘काठमाडौं–ग्वाञ्जाओ उडान रद्द आन्तरिक कारणले हो, यात्रु संख्या होइन’

वायुसेवा निगमले भन्यो,‘काठमाडौं–ग्वाञ्जाओ उडान रद्द आन्तरिक कारणले हो, यात्रु संख्या होइन’



काठमाडौं । नेपाल वायुसेवा निगमले अक्टोबर १९ मा हुने काठमाडौं–ग्वाञ्जाओ उडान रद्द हुनुको कारण यात्रु अभाव नभई आन्तरिक कारण रहेको स्पष्ट पारेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै समाचार माध्यममा आएका ‘यात्रु नहुँदा उडान रद्द’ का खबरप्रति आपत्ति जनाएको छ । निगमले उडान रद्द हुनुको वास्तविक कारण प्रस्ट पारेको छ ।

निगमका अनुसार उडान तालिकाअनुसार १६ अक्टोबरको उडानमा ६८ जना यात्रु र १७ अक्टोबरको फर्किने उडानमा ४१ जना यात्रुको टिकट बिक्री भइसकेको छ ।

त्यसैगरी, २३ अक्टोबरको उडानमा ९३ र २४ अक्टोबरको उडानमा २० यात्रुको टिकट बिक्री भएको जानकारी दिइएको छ ।

निगमले ग्वाञ्जाओ गन्तव्य नेपालका लागि नयाँ भएकोले पूर्ण प्रचारप्रसार नहुँदा यात्रु संख्यामा तत्काल प्रभाव देखिएको बताएको छ ।

साथै, नयाँ सेक्टर प्रवद्र्धनमा सञ्चारमाध्यम र सरोकारवालाको सहयोग समेत माग गरिएको छ । उक्त उडानका यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबाट गन्तव्यमा पठाइसकिएको निगमले जनाएको छ ।