१ कार्तिक २०८३, आइतबार

मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने बैठकमै राजीनामा घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारी काममा असहयोग र पार्टीभित्रको एकल निर्णयको विरोध गर्दै पदत्यागको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री सिंहले जनमत पार्टीको केन्द्रीय नेतृत्व र संसदीय दल प्रमुखको ‘एकल निर्णय शैली’ प्रति गम्भीर आपत्ति जनाए ।

उनले बजेट निर्माणका क्रममा देखिएको अनियमितता र पाँच लाखसम्मको रकम पनि राजनीतिक पहुँचका आधारमा समावेश गरिनु गलत भएको भन्दै डा. सीके राउतमाथि बजेटमा चलखेल प्रोत्साहन गरेको आरोप समेत लगाए ।