सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ३ अर्बमा खुम्चियो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ३ अर्बमा खुम्चियो



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार १.७६ प्रतिशतले बढेको सेयर बजार मापक नेप्से परिसूच आज १९.४३ अंकले घटेको हो ।

आज ०.७६ प्रतिशतले घटेकाे नेप्से २५ सय २८ दशमलव १६ बिन्दुमा राेकिएकाे छ।

नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ । आज ३१५ कम्पनीकाे ६४ लाख ४९ हजार ८८६ कित्ता सेयर ३ अर्ब ३६ कराेड ६१ लाख ९८ हजारमा रूपैयाँमा काराेबार भएकाे छ ।

हिजाे ३२९ कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियाे ।


प्रतिक्रिया दिनुहोस्