१० श्रावण २०८३, आइतबार

दशैंअघि नेपाल भित्रियो १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स

दशैंअघि नेपाल भित्रियो १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स



काठमाडौं । नेपाल भित्र्ने रेमिट्यान्स उच्च दोहोरो अंकमा वृद्धि भएको छ । दुई महिनामै रेमिट्यान्स ३३.१ प्रतिशत वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकबाट उपलब्ध चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौको महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउन र भदौमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आइपुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।

गत भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकि, अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशत भएको छ । केन्द्रिय बैंकका अनुसार समिक्षा अवधिमा यस्तो रेमिट्यान्स २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।