बजारमा थपियो १७ अर्ब बराबरको सेयर : साढे १२ अर्बको आइपीओ सूचीकृत, बोनस र हकप्रद कति ?
काठमाडौं । दुई महिनामा १७ अर्ब रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
सो अवधिमा १२ अर्ब ७८ रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
यस्तै, १ अर्ब ८३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको देखिन्छ । समिक्षा अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपिओ सूचीकृत भएको हो ।













