११ श्रावण २०८३, सोमबार

काठमाडौं उपत्यकामा ट्राफिक क्यू

काठमाडौं उपत्यकामा ट्राफिक क्यू



काठमाडौं । काठमाडौं उपत्यकाको न्युरोड, जमल, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु र माछापोखरी आसपासका क्षेत्रहरूमा सवारी साधन क्यूमा चलिरहेका छन् ।

सवारी चाप बढेसँगै ट्राफिक प्रहरीले प्रमुख चोकहरूमा व्यवस्थापनका लागि सक्रियता बढाएको छ । यो साँझ ७ बजेसम्मको अपडेट हो ।

यस्तै, कोशी राजमार्गअन्तर्गत संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरूणमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ ।

मुख्य नाकाहरूमा भने यातायात सामान्य रूपमा सञ्चालन भइरहेको छ । ट्राफिक प्रहरीले सवारी चालकहरूलाई नियमको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।