मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, सेयरधनीलाई यो वर्ष १० प्रतिशत नगद मात्र - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, सेयरधनीलाई यो वर्ष १० प्रतिशत नगद मात्र



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश मात्रै दिने भएको छ ।


बैंकले यो वर्ष १० प्रतिशत नगद लाभांश (कर समेत) दिने भएको हो । हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभां वितरण गर्ने भएको हो ।

प्रस्तावित उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । ब


प्रतिक्रिया दिनुहोस्