लगातार तेस्रो दिन घटेको नेप्से २४ सयको बिन्दुमा झर्यो, काराेबारमा भने सुधार
काठमाडौं । साताको अन्तिम करोबार दिन बिहिबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार मापक नेप्से परसूचक लगातार तेस्रो दिन पनि १८.४० अंकले घटेको हो ।
आज ०.७३ प्रतिशतले घटेको नेप्से परिसूचक २४ सय ८७ दशमलव १७ बिन्दुमा झरेको छ । हिजो नेप्से २२ दशमलव ५८ अंकले घटेको थियो ।
आज नेप्से परिसूचक घटे पनि काराेबार रकम भने बढेकाे छ । आज ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँमा कारोबार भएको छ ।
हिजो ३१७ कम्पनीको ६४ लाख ४९ हजार ८८६ कित्ता सेयर ३ अर्ब १० करोड १८ लाख ३० हजारमा रूपैयाँमा कारोबार भएको थियो ।













