४ आश्विन २०८३, आइतबार

हिमालयन डिष्टिलरी लाभांश घोषणा, कति पाइन्छ नगद ?



काठमाडाैं । हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

जसमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

सो प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते, आइतबार, आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।