१५ प्रतिशत लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो साधारण सभा, कहिलेसम्म बन्न सेयरधनी ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी कात्तिक २३ गते धनकुटामा दशौँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेनडा रहेको छ । कम्पनीले यो वर्ष आफ्नासेयरधनीलाई गित आवको मुनाफाबाट सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लभांश दिने भएको छ।
सोही प्रस्ताव सभाबाट पारित भई वितरण हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनछ ।
संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्ने पनि सोही सभाबाट हुने कम्पनील्े जनाएको छ । यसका साथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ ।
















