विपिन जोशीको शव भोलि फ्लाई दुबई मार्फत् नेपाल ल्याइँदै
विपिन जोशीको शव भोलि फ्लाई दुबई मार्फत् नेपाल ल्याइँदै
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदैछ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फ्लाई दुबईको विमानमार्फत् उनको शव काठमाडौं ल्याइनेछ। विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।
शव आगमनका बेला प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको बताइएको छ । २०८० असोज २० गते (सन् २०२३ अक्टोबर ७) मा हमासको आक्रमणका क्रममा विपिन बन्धकमा परेका थिए । लामो समयसम्म बेपत्ता रहेपछि असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
बन्दी साटासाटको क्रममा हमासले इजरायली पक्षलाई शव हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक जाँचबाट शव विपिनकै भएको पुष्टि भएको नेपाली दूतावासले जनाएको छ ।













