इन्टरनेट सेवामा मनपरी शुल्क रोक्न प्राधिकरणको निर्देशन
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकसँग मनोमानी शुल्क लिएको गुनासो बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले कडाइ गरेको छ ।
आइतबार सार्वजनिक सूचना मार्फत प्राधिकरणले सबै इन्टरनेट (ईमेलसहित) सेवा प्रदायकहरूलाई शुल्क र दर (ट्यारिफ) सार्वजनिक गरेरमात्र सेवा दिन निर्देशन दिएको हो ।
दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार सेवा शुल्क प्राधिकरणबाट स्वीकृत गराउनुपर्ने कानुनी प्रावधान रहेकाले कार्यान्वयनमा जोड दिएको जनाएको छ ।
प्राधिकरणले आम उपभोक्तालाई पनि स्वीकृत दर अनुसार मात्र शुल्क तिर्न अनुरोध गरेको छ।














