१० श्रावण २०८३, आइतबार

पूर्वस्वास्थ्य सचिव मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वस्वास्थ्य सचिव मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । पूर्वस्वास्थ्य सचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा गरिएको खरिदमा भ्रष्टाचार सम्बन्धी अनुसन्धानको आधारमा अख्तियारले विशेष अदालतमा फाइल पेश गरेको हो ।

डा. मिश्राको नाम जेनजी सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो । तर, भ्रष्टाचार आरोपपछि उनको कदम रोकिएको थियो । अहिले अख्तियारले मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ ।