नर्स आन्दोलन समाधानका लागि १४ सदस्यीय समिति, एक सातामा प्रतिवेदन तयार गर्ने
नर्स आन्दोलन समाधानका लागि १४ सदस्यीय समिति, एक सातामा प्रतिवेदन तयार गर्ने
काठमाडौं । नर्सिङ र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक समस्याको समाधानका लागि सरकारले १४ सदस्यीय समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्नेछ ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि समितिले आन्दोलनरत नर्सहरुलाई काममा फर्काउने प्रयास अघि बढाएको छ । समितिमा मन्त्रालयका विविध शाखा, सम्बन्धित मन्त्रालयका प्रतिनिधि र नर्सिङ संघसंस्थाका प्रतिनिधि समावेश छन् ।
समितिले निजी तथा सामुदायिक अस्पतालका नर्सहरूको पारिश्रमिक व्यवस्था विश्लेषण गरी तत्काल र दीर्घकालीन समाधानका लागि सुझाव प्रस्तुत गर्नेछ ।
नर्सहरूले माग गरेका आधारभूत तलब ३४ हजार ७३० रुपैयाँसम्म समायोजन गर्नुपर्ने विषयमा पनि समिति विचार गर्नेछ ।













