तिहारलाई सेयर बजारको स्वागत, दोहोरो अंकले बढ्यो
काठमाडौं । तिहारलाई सेयर बजारले स्वागत गरेको छ । आइतबार बजार दोहोरो अंकमा वृद्धि भएका हो ।
उक्त दिन बजार १६.६७ अंक वृद्धि भएको छ । आज बजार परिसूचक २ हजार ५०.८५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
कारोबार रकम भने २ अर्ब ७९ करोड ११ लाख ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज विकास बैंक समूह ११.४४ अंक, निर्जीवन बीमा ३६.१२ अंक र म्युचुअल फन्ड ०.०२ अंक घटेको छ । यी बाहेकका अन्य समूहहरु हरियाली बनेका छन् ।
आज कुल कारोबारमा आएका १६३ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ । ७८ वटा कम्पनीको घटेको छ ।













