काठमाडौं आइपुग्यो विपीन जोशीको शव, अन्तिम संस्कारका लागि आजै कञ्चनपुर पठाइने
काठमाडौं आइपुग्यो विपीन जोशीको शव, अन्तिम संस्कारका लागि आजै कञ्चनपुर पठाइने
काठमाडौं । विपीन जोशीको शव आज काठमाडाैं आइपुगेको छ । इजरायल र हमास युद्धमा बन्धक बनाएर हत्या गरिएका नेपाली युवा विपीन जोशीको शव केहिबेर अघि काठमाडाैंकाे त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हाे ।
सोमबार इजरायल सरकारले उनको शव काठमाडौंसम्म ल्याइदिएको हो ।
प्रधानमन्त्री सुशीला कार्की र सरकारका अन्य मन्त्रीहरू विपीनलाई श्रद्धाञ्जली दिन विमानस्थल पुगेका छन् । विमानस्थल आइपुगेको शवमा अहिले श्रद्धाञ्जली अर्पण गर्नेकाम भइरहेकाे छ ।
श्रद्धाञ्जली कार्यक्रम सकिएपछि उनको शव आजै नेपाली सेनाले अन्तिम संस्कारका लागि कञ्चनपुर पुर्याउने छ ।
केही दिनअघि हमास र इजरायलबीच युद्धविराम भएपछि हमासले रेडक्रसमार्फत विपीनको शव इजरायली सेनालाई सुम्पिएको थियो । डीएनए परीक्षण गर्दा शव विपीनको नै रहेको पुष्टि भएपछि इजरायल सरकारले शव नेपाल पठाएको हो ।













