नेप्सेमा उतारचढाब: २५ सयको बिन्दुमा फर्कियो सेयर बजार, २ अर्ब ६६ करोडको कारोबार
काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ ।
दिनभर तीब्र उतारचढाव देखिएको बजार अन्तमा ५.१९ अंकले बढेर २५ सय ९ दशमलव ०४ बिन्दुमा फर्किएकाे हाे ।
यसदिन जिवन बीमा, उत्पादन तथा प्रशाेधन, निर्जीवन बीमा, अन्य समुह र व्यापार समुहकाे सेयर बढेकाे छ भने बाँकी सकै समुहकाे सेयर घटेका छन् । आज अन्य समुहकाे सेयर सर्वाधिक ३ प्रतिशतले बढेकाे छ ।
आज १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ काे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने तारागाउँ रिजेन्सी होटलकाे सेयर मूल्य ७.१६ र भगवति हाइड्राेपावर ७.१३ प्रतिशतले घटेकाे छ ।
आइतबार नेप्से परिसूचक सँगै काराेबार रकम पनि बढेकाे छ । यसदिन ३१३ कम्पनिकाे ५५ लाख ९६ हजार ०७७ कित्ता सेयर २ अर्ब ६६ कराेड १३ लाख रूपैयाँमा काराेबार भएकाे छ ।













