उर्जामन्त्री कुलमान घिसिङ नयाँ दिल्ली प्रस्थान
उर्जामन्त्री कुलमान घिसिङ नयाँ दिल्ली प्रस्थान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ भारत प्रस्थान गरेका छन् । उनी सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सहभागी हुन भारतको नयाँ दिल्ली गएका हुन् ।
आईएसएमा आवद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्री र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरबारे उच्चस्तरीय छलफल हुने उक्त सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सहभागिता जनाउँदै सम्बोधन गर्नेछन् ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको उपयोग विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले नेपालले यो सभामा सहभागिता जनाएको हो ।
मन्त्री घिसिङले सभाको विषयगत सत्रमा बृहत् स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्वव्यापी अन्तरसम्बन्धको अवधारणाबारे विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।













