१० श्रावण २०८३, आइतबार

काठमाडौंको कमलपोखरीमा छठ पर्वको रौनक (फोटो फिचर)

काठमाडौंको कमलपोखरीमा छठ पर्वको रौनक (फोटो फिचर)



काठमाडाैं । काठमाडाैंकाे कमल पाेखरीमा पनि व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएकाे छ ।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ ।

केहीदिन अघिदेखि नै छठ पर्वका लागि पोखरीलाई सरसफाइ गरेर सजाइएको थियाे । आज पोखरी किनारमा तयार पारिएका छठ घाटमा व्रतालु एवं भक्तजन भीड देखिन्छ ।

केहिबेर अघि प्रधानमन्त्री शुसीला कार्कीले पनि कमल पोखरीमा पुगेर छठीमाइको पूजा अर्चना गरेकी छन् ।