इक्रा नेपालले ४७.३११ प्रतिशत नगद लाभांश दिने, पारित गर्न डाक्यो साधारण सभा
काठमाडौं । इक्रा नेपालले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । इक्राले यो वर्ष हाल कायम चुक्ता पुँजीको ४७.३११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सो प्रस्ताव पारित गर्न कम्पनीले आगामी मंसिर ३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको ठमेलमा रहेको होटल अलफ्टमा बस्नेछ ।
सभाबाट ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यसका साथै बैठक भत्ता वृद्धि लगायतका प्रस्ताव पारित हुनेछन् ।













