एमाले अध्यक्ष ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
एमाले अध्यक्ष ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ।
अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालकाे पासपोर्ट रोक्का गरेकाे छ भने काठमाडौं उपत्यका छाड्न समेत रोक लगाएको छ।
अधिवक्ता सिलवालले उक्त निर्णयलाई खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न भन्ने परमादेश र उपयुक्त आदेशको माग गरेका छन्।
रिटमा पासपोर्ट रोक्का गर्ने र स्थान हद तोक्ने निर्णयले संविधानको सम्मानपूर्वक बाँच्न पाउने हकलाई हनन गरेको आरोप छ।













