१० श्रावण २०८३, आइतबार

जेनजी आन्दोलन : बलम्बु प्रहरी कार्यालयमा आगजनी गर्ने व्यक्ति पक्राउ

जेनजी आन्दोलन : बलम्बु प्रहरी कार्यालयमा आगजनी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा तोडफोड र आगजनी गर्ने २० वर्षीय तीर्थमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनी दोलखाको सैलुङ गाउँपालिका–८ घरका हुन्।

प्रहरीका अनुसार तामाङलाई सार्वजनिक भिडियो र फोटोको आधारमा पहिचान गरी पक्राउ गरिएको हो ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा उनीसहितको समूहले प्रहरी कार्यालयमा तोडफोड गर्दै क्युआरटी मोटरसाइकल जलेको र कार्यालयका सामान चोरी गरेको खुलेको छ ।