खराब मौसमले त्रिभुवन विमानस्थलमा भीएफआर अन्तर्गतका उडान प्रभावित
काठमाडौं। बिहानैदेखि काठमाडाैं उपत्यकाकाे माैसम खराब हुँदा त्रिभुवन विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) बन्द भएको छ।
भीएफआर बन्द हुँदा विमानस्थलमा कतिपय अन्तर्राष्ट्रिय र आन्तरिक उडान अवतरण प्रभावित बनेका छन् ।
मौसम खराबीका कारण विमानले आकाशमा एक दुई फन्को मार्नु परेको छ भने केहि जहाज उडानका लागि विमास्थलमा होल्डमा छन् ।
भीएफआर बन्द भए पनि जहाज इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अन्तर्गत उडान अवतरण भइरहेको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए ।
त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि इस्तनबुलबाट आएको टर्किस एयरलाइन्स, भारतबाट आएको इन्डिगो, धनगढीबाट आएका श्री एयरलाइन्स र बुद्ध एयरलाइन्स, कलकताबाट आएको बुद्ध एयरलाइन्स र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सका जहाज ओभरसुट भएका छन्।















