एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक स्वारको कार्यकाल समाप्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक स्वारको कार्यकाल समाप्त



काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक विजया स्वारको चार वर्षे कार्यकाल सकिएको छ ।

२०७८ कार्तिक १० गते स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी स्वारको कार्यकाल २०८२ साल कार्तिक ९ गतेबाट सकिएको बैंकले सूचना नकिालेको छ ।

२०७८ कार्तिक १० गते बैंकको सञ्चालक समितिको ५१२ औं बैठकको निर्णयबाट स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएकी थिइन् । नियम अनुसार ४ वर्षको कार्यकाल पूरा भएपछि उनको पद स्वतः रिक्त भएको बैंकले जनाएको छ ।

फिलीपिन्सको एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तर गरेकी विजयासँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी कार्य अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्