केन्यामा विदेशी पर्यटक बोकेको विमान दुर्घटना, १२ जनाको मृत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

केन्यामा विदेशी पर्यटक बोकेको विमान दुर्घटना, १२ जनाको मृत्यु



एजेन्सी । केन्यामा विदेशी पर्यटक बाेकेकाे सानो विमान दुर्घटनाग्रस्त बनेकाे छ । मासाई मारा नेशनल रिजर्भतर्फ जाँदै गरेकाे विमान मंगलबार बिहान केन्याको तटीय क्षेत्र क्वालेमा दुर्घटनाग्रस्त बनेकाे हाे ।

उक्त विमान दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार, दुर्घटना डायनी एयरस्ट्रिपबाट करिब ४० किलोमिटर टाढा, पहाडी र वन क्षेत्रभित्र भएको हो। उक्त विमानमा सबै विदेशी पर्यटक रहेकाे पुष्टी गरिएकाे छ ।

केन्या सिभिल एभिएसन प्राधिकरणका अनुसार, सो विमानमा सेस्ना क्याराभान प्रकारको जहाजमा १२ जना सवार थिए, र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। यात्रु र चालक दलबीचको सटीक संख्या भने तत्काल स्पष्ट भएको छैन।

विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको र आगो लागी पूर्ण रूपमा जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन्। घटनास्थलमा पुग्दा मानव अवशेषहरू पहिचान गर्न नसकिने अवस्थामा फेला परेको छ ।


प्रतिक्रिया दिनुहोस्