प्रतिनिधिसभा विघटनसम्बन्धी १६ रिटमाथि आजदेखि सर्वोच्चमा सुनुवाइ
प्रतिनिधिसभा विघटनसम्बन्धी १६ रिटमाथि आजदेखि सर्वोच्चमा सुनुवाइ
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १६ वटा रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ ।
सर्वोच्च अदालतका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन असंवैधानिक भएको दाबीसहित संसद् पुन:स्थापनाको माग राखी दायर रिटहरूमा प्रारम्भिक सुनुवाइ हुने भएको हो ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय र त्यससँग सम्बन्धित घटनाबारे राष्ट्रपति रामचन्द्र पौडेलले लिएका कदम सच्याउन माग गर्दै रिट परेका छन् ।
साथै सर्वोच्चका पूर्वन्यायाधीशलाई मन्त्री बनाइएको विषय र आन्दोलन दमनमा संलग्न पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि कारबाहीको मागसमेत रिटमा गरिएको छ ।













