इलामका बाढी पीडितलाई जर्मनीको ६४ लाख सहयोग
इलामका बाढी पीडितलाई जर्मनीको ६४ लाख सहयोग
काठमाडौं । जर्मनीले इलामका बाढीपीडितका लागि करिब ६३ लाख ९६ हजार रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराउने भएको छ ।
नेपालस्थित जर्मन राजदूत उदो भोल्ज र जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फ का देशीय निर्देशक सकेब नवीबीच मंगलबार सम्झौता भएको हो ।
जर्मन दूतावासका अनुसार सहयोग सामग्री आगामी दुई महिनाभित्र स्थानीय समुदायको सहकार्यमा वितरण गरिनेछ। राहत वितरणमा विपन्न र अत्यधिक प्रभावित परिवारलाई प्राथमिकता दिइने उल्लेख छ ।













