१० श्रावण २०८३, आइतबार

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार



काठमाडौँ । सोलुखुम्बुको लुबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।

खराब मौसमका कारण बुधवार बिहान दुर्घटना भएको हो । हेलिकोप्टरमा क्षति पुगे पनि पाइलट सुरक्षित रहेका छन् । घटनास्थलमा उद्धार टोली पुग्दैछ भने विस्तृत विवरण आउन बाँकी छ।

हेलिकप्टरका पाइलट विवेक खड्काको सकुशल उद्धार गरिएको छ । हेलिकप्टरमा अन्य यात्रु नभएकाले थप मानवीय क्षति हुन पाएन । हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको हो ।