१० श्रावण २०८३, आइतबार

भारी हिमपातले चराङ–लोमान्थाङ सडक अवरुद्ध

भारी हिमपातले चराङ–लोमान्थाङ सडक अवरुद्ध



काठमाडौं । बुधवार बिहानैदेखि परेको भारी हिमपातका कारण मुस्ताङको चराङ –लोमान्थाङ सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ ।

नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्म करिब पाँच किलोमिटर सडक खण्डमा आठ इञ्चसम्म हिउँ जमेको छ । हिउँका कारण सडकमा सवारी सञ्चालन अत्यन्त कठिन भएको छ ।

सुरक्षाकर्मीहरूले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । त्यस्तै हिमपातका कारण अवरुद्ध भएको कागबेनी–मुक्तिनाथ सडक अहिले सञ्चालनमा आएको उनले बताए ।

मंगलबारको भारी हिमपातपछि उपल्लोदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा सेताम्मे बनेका छन् । घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रसम्म हिउँ परेपछि स्थानीय जनजीवन प्रभावित भएको छ ।