१० श्रावण २०८३, आइतबार

प्रतिनिधि सभा विघटन मुद्दा हेर्न सर्वोच्चमा संवैधानिक इजलास गठन

प्रतिनिधि सभा विघटन मुद्दा हेर्न सर्वोच्चमा संवैधानिक इजलास गठन



काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन गरिएको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा इजलास गठन गरिएको हो । इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

गत भदौ २७ मा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । उक्त कदम संविधानविपरीत भएको भन्दै विभिन्न अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका छन् ।

जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । सोही सरकारले प्रतिनिधि सभा विघटनको निर्णय गरेको हो ।