१० श्रावण २०८३, आइतबार

डिशहोम र ‘डल्ले’ बीचको साझेदारी, अब सबै आउटलेटमा विशेष छुट

डिशहोम र ‘डल्ले’ बीचको साझेदारी, अब सबै आउटलेटमा विशेष छुट



काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ ।

यस सहकार्य अन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन् ।

साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूलेडल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउने छन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप गुगल प्ले स्टोरबाट डाउनलोड गरि दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुपर्नेछ।

त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गरि डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।