१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलसहितको टोलीलाई कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमणका लागि अनुमति दिएको हो ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले सम्मेलनका साथै कतारका उच्च पदस्थ अधिकारीहरूसँग द्विपक्षीय विषयमा पनि छलफल गर्ने तयारी छ ।