खेलकुद मन्त्रालयको निर्देशन : अब मातहतका सबै निकायका बैठक प्रत्यक्ष प्रशारण हुने
खेलकुद मन्त्रालयको निर्देशन : अब मातहतका सबै निकायका बैठक प्रत्यक्ष प्रशारण हुने
काठमाडौं । खेलकुद मन्त्रालयले मातहतका सातवटा निकायलाई सबै बैठक प्रत्यक्ष प्रशारण गर्न निर्देशन दिएको छ । नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहणसँगै पारदर्शिता बढाउने उद्देश्यले यो निर्णय गरेका हुन् ।
मन्त्री गुप्ताको पहिलो निर्णय अनुसार राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपाल स्काउट, राष्ट्रिय एन्टिडम्पिङ एजेन्सी, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति (धनगढी) लाई पत्राचार गरी निर्देशन दिइएको हो ।
मन्त्रालयले पठाएको सूचनामा भनिएको छ,‘मन्त्रालय र मातहतका निकायहरूको प्रशासनिक कार्यमा पारदर्शिता कायम गर्न हाल विद्यमान बजेट स्रोतबाटै व्यवस्थापन गरी सबै प्रकारका बैठकको प्रत्यक्ष प्रशारण गर्न मिति २०८२/७/९ मा मन्त्रीस्तरीय निर्णय भएको हुँदा सोही अनुसार कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।













