जेनजी आन्दोलनमा प्रहरी सञ्चारमा ठूलो क्षति, २५ करोड बढीको नोक्सानी
जेनजी आन्दोलनमा प्रहरी सञ्चारमा ठूलो क्षति, २५ करोड बढीको नोक्सानी
काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रशासनले सञ्चार क्षेत्रमा ठूलो क्षति व्यहोरेको छ । डीआईजी दीपक रेग्मीको नेतृत्वमा गठन भएको अध्ययन समितिले तयार गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार सञ्चार साधनमा मात्रै करिब २५ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । आन्दोलनका क्रममा केही सञ्चार सेट लुटेर लगिएको र अन्यमा क्षति पुगेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, सूचना प्रविधि क्षेत्रको पनि करिब १ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले प्रहरीको सञ्चार र सूचना प्रविधि प्रणालीमा ठूलो असर पुगेको देखाउँछ ।













