१ कार्तिक २०८३, आइतबार

बालुवाटारमा त्रिपक्षीय वार्ता सुरु



काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको वातावरण सुधार्न सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच त्रिपक्षीय वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

सरकारले राजनीतिक दल र जेनजी पुस्तासँग संयुक्त रूपमा औपचारिक बैठक आयोजना गरेको हो । बैठकमा निर्वाचनको वातावरण तयार पार्न र निर्धारित समयभित्र निर्वाचन सम्पन्न गर्नका लागि छलफल भइरहेको छ ।

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच सर्वदलीय बैठक भएको थियो । जसमा निर्वाचन समयमै सम्पन्न गर्ने उद्देश्यमा सबै पक्ष सकारात्मक रहेको जनाइएको थियो ।