१० श्रावण २०८३, आइतबार

जेनजी आन्दोलनमा प्रहरीका ५५१ वटा सवारीमा क्षति, ५४ करोडको नोक्सानी

जेनजी आन्दोलनमा प्रहरीका ५५१ वटा सवारीमा क्षति, ५४ करोडको नोक्सानी



काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीका सवारीसाधन र व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको छ । आन्दोलनको क्रममा प्रहरी प्रशासनले करिब ७६ करोड बढीको क्षति व्यहोरेको देखिन्छ ।

प्रहरी हेडक्वाटरले गठन गरेको डीआईजी दीपक रेग्मी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो ।

विशेषगरि सवारीसाधान तर्फ ५४ करोड बराबरको क्षति भएको देखिएको छ । प्रतिवेदन अनुसार कुल ५५१ सवारीसाधनमा असर परेको छ उल्लेख छ । जसमा ४९४ पूर्णरूपले क्षतिग्रस्च छन् भने ५७ आंशिक क्षतिग्रस्त भएका छन् ।

प्रहरी कर्मचारीका व्यक्तिगत सम्पत्तिमा पनि २२ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ । यसमा दुई पांग्रे र चार पांग्रे सवारीसाधन तथा अन्य सरसामान रहेको प्रतिवेदनमा उल्लेख छ ।