जेनजी आन्दोलनमा खोसिएको हतियार देखाएर आतंक मच्चाउने दुई युवा पक्राउ
जेनजी आन्दोलनमा खोसिएको हतियार देखाएर आतंक मच्चाउने दुई युवा पक्राउ
काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा लुटिएकाे हतियार देखाएर आतंक फैलाउने २ जना पक्राउ परेका छन् ।
प्रहरीले इचंगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाउँदै आतंक मच्चाउने दुईजनालाई पक्राउ गरेकाे हाे । उनीहरु क्षेत्रपाटी, ढल्कुबाट पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार नुवाकोट, लिखु गाउँपालिका– ६ घर भई काठमाडौंको नयाँबजारमा बस्ने २३ वर्षीय समीर श्रेष्ठ र काभ्रे, पनौती– १०, खोपासी घर भई काठमाडौंको क्षेत्रपाटीमा बस्ने एलेक्स नेपाली पक्राउ परेका हुन् ।
उनीहरुले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने र समाजमा आतंक फैलाउने काम गरेको प्रहरीले जनजाएकाे छ ।













