स्थानीय अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन प्रभावित
स्थानीय अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन प्रभावित
काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर विसर्जन स्थानीयको अवरोधका कारण प्रभावित भएको छ । बुधबार ४० फोहरबोक्ने गाडी स्थानीयले फिर्ता पठाएका छन् ।
ककनी गाउँपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २, ३ वडाका स्थानीयबासीले दुई जिल्लाको सङ्गम ढाँडे सडकमा बसेर फोहरबोक्ने गाडी रोकिदिएका हुन् । उनीहरू लामो समयदेखि फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधानको माग गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिका र प्रभावित स्थानीयबीच २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमतिमा फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नफैलिने, लिच्छड नदी सुरक्षित राख्ने लगायत प्रावधान थिए । तर सहमति कार्यान्वयन नहुँदा दुर्गन्ध र सरुवाजन्य रोगको जोखिम बढेको स्थानीयको दाबी छ ।
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान र १८ बुँदे माग पूरा नभएसम्म फोहर विसर्जन रोकिने स्थानीयले बताएका छन् ।













