एभरेष्ट बैंककाे साधारण सभाबाट २० प्रतिशत लाभांश पारित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एभरेष्ट बैंककाे साधारण सभाबाट २० प्रतिशत लाभांश पारित



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर, १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आ.व. २०८२÷८३ को लागि जिपि राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्