१० श्रावण २०८३, आइतबार

ट्राफिक अपडेट : काठमाडौं उपत्यकामा सवारी चाप, मुख्य चोकहरूमा लामो क्यु

ट्राफिक अपडेट : काठमाडौं उपत्यकामा सवारी चाप, मुख्य चोकहरूमा लामो क्यु



काठमाडौं । काठमाडौँ उपत्यकाका मुख्य–मुख्य चोकहरूमा यतिबेला सवारी साधन केही क्युमा चलिरहेका छन् ।

बिशेषगरी लोकन्थली, जडिबुटी, कोटेश्वर, बबरमहल, माईतिघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, चावहिल, मित्रपार्क, गौशाला हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका हुन् ।

मेट्रो ट्राफिक एफ.एमको १० बजेको अपडेट अनुसार यतिबेला वर्षा समेत भइरहेको र पिक आवरमा बढेका सवारी साधनका कारण सवारी क्यु रहेको हो । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । नाकाहरुको सवारी आवागमन भने सामान्य रहेको जनाएको छ ।

काठमाडौँ उपत्यका लगायत यस आसपासका स्थानमा वर्षाले भिजेको सडकमा संयमित भई सीमित गतिमा सवारी साधन चलाउन अनुरोध समेत गरेको छ।