१० श्रावण २०८३, आइतबार

वर्षाले नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने भाग अवरुद्ध

वर्षाले नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने भाग अवरुद्ध



नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने भाग आज बिहानदेखि अवरुद्ध भएको छ । लगातार वर्षाका कारण सडक हिलो र चिप्लो बनेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला बीचको भागमा सडक अवरुद्ध भएको हो । बिहानैदेखि परेको वर्षाका कारण मालवाहक सवारीसाधन उकालो चढ्न नसक्दा सडकमा सवारीहरू बीचमै रोकिएका छन् ।

सडक मर्मतका लागि दाउन्ने खण्ड पहिले नै एकतर्फी सञ्चालनमा रहेको थियो। अहिले भने वर्षा बढेसँगै आवागमन पूर्णरूपमा बन्द भएको छ । प्रहरी टोली खटिएर सडकमा जाम हुन नदिन र सवारी व्यवस्थापनमा सहयोग गरिरहेको जानकारी दिइएको छ ।